सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अन्तर्राष्ट्रिय परिचालन १४.५ प्रतिशतले घट्यो, फागुनसम्ममा जम्मा ७९ अर्ब

अन्तर्राष्ट्रिय परिचालन १४.५ प्रतिशतले घट्यो, फागुनसम्ममा जम्मा ७९ अर्ब

अन्तर्राष्ट्रिय विकास सहायता १४.५ प्रतिशतले घटेको छ। अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा नेपालमा आउने वैदेशिक सहायता घटेको देखिएको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- अन्तर्राष्ट्रिय विकास सहायता १४.५ प्रतिशतले घटेको छ। अर्थमन्त्री जनार्दन शर्माले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा नेपालमा आउने वैदेशिक सहायता घटेको देखिएको छ। 

आर्थिक प्रतिवेदन अनुसार आर्थिक बर्ष  २०७८-७९ को फागुनसम्ममा जम्मा ७९ अर्ब १० करोड रुपैयाँ मात्र बैदेशिक सहायता नेपाल भित्रिएको छ। जसमध्ये ६५ अर्ब २२ करोड ऋण र १३ अर्ब ८८ करोड अनुदान रहेको छ। 

अर्थमन्त्री शर्माका अनुसार सो रकम कुल सहायता परिचालन मध्ये ऋण र अनुदनाको अंश क्रमशः ८२.४ र १७.६ प्रतिशत रहेको छ। त्यस्तै २०७७-७८ मा नेपालमा १ खर्ब ५७ अर्ब ६६ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता नेपालमा भित्रिएको थियो। जसमध्ये २६ अर्ब ७९ करोड रुपैयाँ बराबरको अनुदान आएको थियो भने १ खर्ब ३० अर्ब ८७ करोड रुपैयाँ बराबरको ऋण आएको थियो। 

सो वैदेशिक सहायता अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा १ खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता नेपाल भित्रिएको थियो।


प्रकाशित: May 28, 2022| 21:24 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्