सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक सर्वेक्षण : जीडीपी ४८ खर्ब ५१ अर्ब, बजेट घाटा २१ अर्ब ३१ करोड (पूर्णपाठ)

आर्थिक सर्वेक्षण : जीडीपी ४८ खर्ब ५१ अर्ब, बजेट घाटा २१ अर्ब ३१ करोड (पूर्णपाठ)

आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष ०७८-०७९ को कुल गार्हस्थ उत्पादन रु. ४८ खर्ब ५१ अर्ब रहेको छ। त्यसैगरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको मूल्य वृद्धि, खाद्य पदार्थ तथा आयातित कच्चा पदार्थलगायत अन्य वस्तु तथा सेवाहरुमा भएको मूल्यवृद्धिको कारण मुद्रास्फीतिमा चाप परेको जनाइएको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण सदनमा प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षको ९ महिनासम्मको तथ्यांक समेटर तयार पारिएको सर्वेक्षण सदनमा पेश गरिएको अर्थमन्त्रीले बताएका छन्। 

आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष ०७८-०७९ को कुल गार्हस्थ उत्पादन रु. ४८ खर्ब ५१ अर्ब रहेको छ। त्यसैगरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको मूल्य वृद्धि, खाद्य पदार्थ तथा आयातित कच्चा पदार्थलगायत अन्य वस्तु तथा सेवाहरुमा भएको मूल्यवृद्धिको कारण मुद्रास्फीतिमा चाप परेको जनाइएको छ। 

आर्थिक वर्ष २०७८-०७९ को फागुनसम्म संघीय सरकारको बजेट घाटा २१ अर्ब ३१ करोड रहेको छ। गत आर्थिक वर्षको फागुनसम्म त्यस्तो घाटा २९ अर्ब २६ करोड रुपैयाँ रहेको थियो। 

यसैगरी अर्थमन्त्री शर्माले सार्वजनिक संस्थानको वार्षिक स्थिति तथा समिक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण सदनमा प्रस्तुत गरिएको छ। यसैगरी आर्थिक वर्ष २०७७/७८ को यथार्थ र चालु आर्थिक वर्षको चैत महिनासम्मको प्रगति विवरण पनि प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ११ गते संघीय संसद्‌को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक ०७९-८० को नीति तथा कार्यक्रम पनि शनिबार राति बसेको प्रतिनिधि सभाको बैठकमा बहुमतले पारित गरिएको छ। 

सरकारले आइतबार दिउँसो बस्‍ने संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ। 

प्रकाशित: May 28, 2022| 21:17 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्