बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सार्वजनिक संस्थान खारेज वा निजीकरण हुँदैनन् : प्रधानमन्त्री

सार्वजनिक संस्थान खारेज वा निजीकरण हुँदैनन् : प्रधानमन्त्री

उनले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै आयल निगम लगायत सरकारको एकाधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्थान खारेज वा निजीकरण नगर्ने बताएका हुन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक संस्था खारेज तथा निजीकरण नगर्ने बताएका छन्।

National life

उनले प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै आयल निगम लगायत सरकारको एकाधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्थान खारेज वा निजीकरण नगर्ने बताएका हुन्।

उनले भने, ‘प्रतिस्पर्धा नहुने, सरकारको एकाधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न चाहन्छु।’

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा प्रतिस्पर्धामा कमजोर सरकारी संस्थानलाई मर्जर, खारेजी वा निजीकरणमा लगिने उल्लेख गरे पनि प्रधानमन्त्री देउवाले अन्ततः नगरिने स्पष्ट पारेका हुन्।

प्रकाशित: May 28, 2022| 20:44 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्