काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने जानकारी दिएका हुन्।
यसअघि शनिबार सरकारको नीति तथा कार्यक्रम संसदका दुवै सदनबाट पारित भएको थियो। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आर्थिक सर्वेक्षण समेत प्रतिनिधि सभामा पेस गरेका छन्।
प्रतिनिधि सभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ।