सोमबार, असोज १२, २०८३

सरकारको नीति तथा कार्यक्रम पारित

सभामुख अग्नि सापकोटाले सरकारको नीति तथा कार्यक्रमलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृति भएपछि पारित भएको घोषणा गरेका हुन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- आगामी आर्थिक वर्षका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ।

सभामुख अग्नि सापकोटाले सरकारको नीति तथा कार्यक्रमलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृति भएपछि पारित भएको घोषणा गरेका हुन्। 

नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुअघि सभामुख सापकोटाले नीति तथा कार्यक्रममाथि प्रस्तुत भएका संशोधन प्रस्तावमाथि निर्णयार्थ प्रस्तुत गरेका थिए। सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।

शेरबहादुर तामाङ, दुर्गा पौडेल, हृदयेश त्रिपाठी, भीम रावल, प्रेम सुवाल र खगराज अधिकारीले संशोधन प्रस्ताव पेस गरेका थिए। तर कुनै संशोधन प्रस्ताव पारित भएनन्। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। 


प्रकाशित: May 28, 2022| 20:16 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्