बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट 'ब्रिफिङ'

सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट 'ब्रिफिङ'

आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सरकारले  आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन्। 

National life

आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्। 

सभामुख सापकोटाले संघीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराएका थिए।

सो अवसरमा संघीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति थियो। 

प्रकाशित: May 28, 2022| 13:37 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्