सोमबार, असोज १२, २०८३

नाडाद्वारा निजी गाडीको एलसी खोल्नदिन माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका गाडीको आयात प्रतीतपत्र (एलसी) खोल्न दिन आग्रह गरेको छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका गाडीको आयात प्रतीतपत्र (एलसी) खोल्न दिन आग्रह गरेको छ।

नाडाले एक ‘नाडा पर्स्पेक्टिभ अन करेन्ट सिनारियो–रेस्ट्रिक्सन अन इम्पोर्ट फर पेसेन्जर अटोमोबाइल्स’ सार्वजनिक गर्दै उक्त माग राखेको हो। 

अटो क्षेत्रमा १ खर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रूपमा १ लाख र अप्रत्यक्ष रूपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गरिरहेको एसोसिएसनले जनाएको छ। 

आयातको तुलनामा झण्डै दोब्बर राजस्व उपलब्ध गराउने अटोमोबाइल क्षेत्रलाई नजरअन्दाज गरी सरकारले निजी प्रयोजनका कार, जीप र भ्यानलाई आउँदो असार मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिबन्ध समेत लगाएको भन्दै एलसी खोल्न दिन आग्रह गरेको छ। 

नाडाले केही दिनअघि मात्रै निजी प्रयोजनका कार, जीप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत् सुझाव समेत पेस गरिसकेको छ।

प्रकाशित: May 28, 2022| 12:53 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्