सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लाजिम्पाटबाट नक्साल सर्‍यो स्ट्यान्डर्ड चार्टर्ड बैंक

लाजिम्पाटबाट नक्साल सर्‍यो स्ट्यान्डर्ड चार्टर्ड बैंक

शुक्रबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन्। कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा कर्मचारीको उपस्थिति थियो।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं-  स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले काठमाडौंको नारायणचौर नक्सालमा नयाँ सञ्चालनमा ल्याएको छ। उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो। 

शुक्रबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन्। कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर, ग्राहक तथा कर्मचारीको उपस्थिति थियो। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले बैंकसँग उच्च डिजिटल क्षमता रहेको भन्दै ग्राहकलाई सुविधा बढाउने प्रतिबद्धता व्यक्त गरे। 

'हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित छौं। नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिनेछ,' उनले भने, 'ग्राहकहरूका लागि सेवा सुविधा बढाउनका लागि लागि बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ।' 

बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ।

प्रकाशित: May 27, 2022| 20:09 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्