बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन ३१ अर्ब, कुन कम्पनीको कति?

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन ३१ अर्ब, कुन कम्पनीको कति?

निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले बिमाशुल्क संकलन गरेको छ। कम्पनीले चैत मसान्तसम्ममा ४ अर्ब १३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको हो।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- चालु आर्थिक वर्षको निर्जीवन बिमा कम्पनीले हालसम्म ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको देखिएको छ। सम्बन्धित कम्पनीले चालु आवको पहिलो ९ महिनामा २३ लाख ४८ हजार २३२ बीमालेखवापत ३१ अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेका हुन्। 

National life

निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले बिमाशुल्क संकलन गरेको छ। कम्पनीले चैत मसान्तसम्ममा ४ अर्ब १३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको हो। 

सगरमाथा इन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरी दोस्रो र तेस्रो स्थानमा छन्। 

नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब  २८ करोड, दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब  १३ करोड, राष्ट्रिय बिमा कम्पनीले  १ अर्ब ४८ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। 

यस्तै नेसनल इन्स्योरेन्सले ७४ करोड बिमाशुल्क संकलन गरेको छ। हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ५१ करोड, युनाईटेड इन्स्योरेन्सले १ अर्ब २८ करोड, प्रिमियर इन्स्योरेन्स नेपालले १ अर्ब ७३ करोड र एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ४ करोड कुल बिमा शुल्क आर्जन गरेका सम्बन्धित कम्पनीले जारी गरेको तेस्रो त्रैमासिक रिपोर्टले देखाएको छ। 

Shivam cement

यसरी नै प्रभु इन्सयोरेन्सले १ अर्ब  १६ करोड, आईएमई जनरलले १ अर्ब ३७ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ८ करोड, लुम्बिनी जनरलले १ अर्ब २६ करोड, एनएलजी  इन्स्योरेन्सले १ अर्ब ९३ करोड, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ७ करोड,  जनरल इन्स्योरेन्स कम्पनीले ७५ करोड रुपैयाँ  बिमाशुल्क संकलन गरेको देखिएको छ। 

अजोड इन्स्योरेन्सले १ अर्ब ३३ करोड बिमा शुल्क संकलन गरेको छ। 

प्रकाशित: May 27, 2022| 19:55 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्