बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लेखा समिति सभापति भन्छन्- सरकारको नीति तथा कार्यक्रममा पूर्ण समर्थन छ

लेखा समिति सभापति भन्छन्- सरकारको नीति तथा कार्यक्रममा पूर्ण समर्थन छ

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको अविभाषण (नीति तथा कार्यक्रम)मा तीनवटा कुरा (प्रगति, नीति र कार्यक्रम)हरु स्पष्ट आएको बताए।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका शाहले यस्तो बताएका हुन्। 

National life

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको अविभाषण (नीति तथा कार्यक्रम)मा तीनवटा कुरा (प्रगति, नीति र कार्यक्रम)हरु स्पष्ट आएको बताए। 

‘स्थानीय निर्वाचन सम्पन्न, मोदीको लुम्बिनी भ्रमण, नेपालको प्रधानमन्त्रीको भारत भ्रमण र चिनियाँ विदेशमन्त्रीले पनि नेपाल भ्रमण गरेकै हुन्। कोभिडको समयमा ९६ प्रतिशत नेपालीले पहिलो डोज लगाएकै हो, ८५ प्रतिशतले दोस्रो र ४६ प्रतिशतले तेस्रो डोज लगाएकै,  एमसीसी पास भएकै छ, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालन भएको छ,' राष्ट्रपतिले संसदसामु राखेका सबै कुरा सही र स्पष्ट भएको बताउँदै उनले भने, 'चोभारमा सुख्खा बन्दरगाह संचालन र मेलम्ची संचालन भएको छ। यसलाई राष्ट्रपतिले प्रगतिमा उल्लेख गर्नु नराम्रो होइन।'

उनले सरकारका कार्यक्रम पनि सही रहेको दावी गर्दै भने, श्रमसम्बन्धी सवै व्यवस्था काठमाडौंबाहिरबाट पनि दिने, नागरिकता दिने, लाइसेन्स दिने, मल ल्याउने, देशको क्रेडिट रेटिङ गर्ने र अर्गानीक खेती गर्ने कार्यक्रम राम्रो भएको बताए। 

प्रकाशित: May 27, 2022| 18:47 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्