सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ६ हजार एमएएच ब्याट्री क्षमता भएको रेड्मी १० नेपाली बजारमा

६ हजार एमएएच ब्याट्री क्षमता भएको रेड्मी १० नेपाली बजारमा

शाओमीले नेपाली बजारमा रेड्मी १० सार्वजनिक गरेको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं– शाओमीले नेपाली बजारमा रेड्मी १० सार्वजनिक गरेको छ। स्मार्टफोनको बजारमा हुने चुनौतिलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेड्मी १० सार्वजनिक गरेको हो।

नयाँ फोन सार्वजनिक गर्दै शाओमी नेपालका महाप्रबन्धक अमित कुमार पंडाले भने, ‘हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो। जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने प्रविधि सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्छ। कम बजेटमा राम्रो पर्फमेन्स खोज्नेहरूका लागि रेड्मी १० सबैभन्दा उत्कृष्ट विकल्प हुन सक्छ।”

रेड्मी १०मा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र ६ एनएम प्रोसेसरहरू छ। अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६ हजार एमएएचको ब्याट्रीले उपभोक्ताहरूलाई सहज अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ। साथै, ६.७१ इन्च डिस्प्ले रहेको यो फोन चलाउन पनि सहज छ। 

सुरक्षाको लागि फोनमा फिंगरप्रिन्ट सेन्सर प्रविधि छ। १.१३ एमएम मोटाई र २०३ ग्राम वजन भएको यो फोन हलुका पनि छ।

रेड्मी १० मा कुल तीन सेन्सरहरू छन्। पछाडिको डुअल क्यामेरा सेटअपमा ५० मेगापिक्सल प्राइमरी सुटर र २ मेगापिक्सल डेप्थ क्यामेरा समावेश छ भने सेल्फी र भिडियो कलहरूको लागि ५ मेगापिक्सल क्यामेरा समावेश गरिएको छ। रेड्मी १० मा रिअर र फ्रन्ट क्यामेरा दुवैबाट गुणस्तरीय फोटा तथा भिडिओ खिच्न सकिन्छ। 

नेपाली बजारमा रेड्मी १० कालो, निलो र हरियो गरी तीन विभिन्न रंग विकल्पमा उपलब्ध छ।

कम्पनीले रेड्मी १० ४ जिबी र्‍याम र ६४ जिबी आन्तरिक स्टोरेज संस्करणको मूल्य जम्मा १८ हजार नौ सय ९९ रूपैयाँ तोकेको छ। त्यस्तै, हाई–एन्ड ६ र्‍याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको संस्करणको मूल्य २१ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ।

प्रकाशित: May 27, 2022| 17:04 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्