मंगलबार, फागुन १९, २०८२

आईपीएलको अन्तिम प्लेअफमा आज बैंग्लोरले राजस्थानसँग खेल्दै

भातमा जारी १६औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज प्लेअफको अन्तिम खेल हुँदैछ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं– भातमा जारी १६औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज प्लेअफको अन्तिम खेल हुँदैछ।

अन्तिम प्लेअफमा आज रोयल्स च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने आठ बजे नरेन्द्र मोदी रंगशाला अहमदावादमा हुनेछ। 

आजको खेल जित्ने टिम आईपीएलको फाइनलमा प्रवेश गर्नेछ। यसअघि भएको पहिलो प्लेअफमा राजस्थानलाई हराउँदै गुजरात टाइटान्सले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। त्यस्तै लखनउलाई हराउँदै बैंग्लोरले पनि अन्तिम प्लेअफका लागि स्थान पक्का गरेको हो।

 दुवै टोली आजको खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा रहेका छन्। यसअघि भएको पहिलो प्लेअफमा गुजरातसँग पराजित भएर दोस्रो प्लेअफ खेल्न लागेको राजस्थानलाई आज फाइनल पुग्ने अर्को मौका रहेको छ।

तीन पटकसम्म फाइनल खेलेर पनि उपाधिविहीन रहेको बैंग्लोर यस पटकको आईपीएल जित्ने लक्ष्यमा छ। आईपीएलको पहिलो संस्करणको विजेता राजस्थान भने त्यसपछि अहिलेसम्म फाइनल पुग्न सकेको छैन।

kumari

प्रकाशित: May 27, 2022| 16:41 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।