बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'बैंक बचाउन' राष्ट्र बैंकको कदम : इतिहासकै सबैभन्दा धेरै तरलता प्रवाह

'बैंक बचाउन' राष्ट्र बैंकको कदम : इतिहासकै सबैभन्दा धेरै तरलता प्रवाह

नेपालको बैंकिङ इतिहासमा नै पहिलो पटक तरलता अभावका कारण नेपाल राष्ट्र बैंकले ६२ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं– नेपालको बैंकिङ इतिहासमा नै पहिलो पटक तरलता अभावका कारण नेपाल राष्ट्र बैंकले ६२ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।

National life

राष्ट्र बैंकका अनुसार विभिन्न उपकरण मार्फत ४६८ अर्ब ९७ करोड र स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत ५७ खर्ब ७३ अर्ब ७५ करोड गरी कुल ६२ खर्ब ४२ अर्ब ७२ करोड तरलता प्रवाह गरेको हो। 

राष्ट्र बैंकको बैंक सुपरिभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार इतिहासमा नै पहिलो पटक नेपाल राष्ट्र बैंकले बजारमा तरलता प्रवाह गरेको हो। बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावले छटपटाउन थालेपछि उनीहरुलाई बचाउन भन्दै राष्ट्र बैंकले यति ठूलो रकम बजारमा पठाएको हो। 

एसएलएफ सुविधा मार्फत प्रदान गरिएको रकम जम्मा एक हप्ताको लागि मात्र हुनेछ भने त्यसको व्याज ७ प्रतिशत रहने गरेको छ। रिपो, सोझै खरिद र रिपो बोलकबोल मार्फत बैंक तथा वित्तीय संस्थाले लिएको रकम भने बढीमा १२० दिन र घटीमा ९० दिनको हुन्छ। 

बजारमा तरलता अभावका कारण बैंकहरुले कर्जा प्रवाह नै बन्द गरेका छन् तर निक्षेप–कर्जा रेसियो (सिडि) ९० प्रतिशतमा राख्नका लागि पनि बैंकहरुले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा लिएका छन्। नेपाल राष्ट्र बैंकले गत वर्षको चैत महिनासम्ममा जम्मा ८ अर्ब १४ करोड तरलता प्रवाह गरेको थियो। त्यस्तै, चालू आर्थिक वर्षको नौ महिनामा रिभर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुले २८ अर्ब ३५ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब रुपैयाँ बराबरको रकम बजारबाट राष्ट्र बैंक खिचेको (तरलता प्रशोचन) गरेको थियो। 

Shivam cement

बजारमा अधिक तरलता हुँदा नेपाल राष्ट्र बैंकले एक प्रतिशतमा बैंक तथा वित्तीय संस्थाबाट निक्षेपका रुपमा रकम लिने गर्छ। जसका मुख्य उद्देश्य भनेको बजारमा तरलता बढी भएर जथाभावी रुपमा कर्जा प्रवाह भई विकृति नआओस् भन्ने मुख्य उद्देश्य हो। 

राष्ट्र बैंकले बैंकहरुबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामा तरलता प्रशोचन गरेको थियो। त्यसपछि बजारमा तरलता अभाव सुरु हुन थाल्यो। तरलता अभाव भएपछि राष्ट्र बैंकले उल्टै बजारमा तरलता पठाउनुपरेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा भने राष्ट्र बैंकले ३ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो। सो समयमा बजारमा पर्याप्त तरलता हुँदा अनुत्पादक क्षेत्रमा लगानी बढी अर्थतन्त्रमा समस्या पैदा हुन सक्ने भएकोले राष्ट्र बैंकले बजारबाट रकम खिचेको थियो। 

प्रकाशित: May 27, 2022| 14:47 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्