बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंक 'आईजे ग्लोबल म्यागेजिन' को शीर्ष २० बैंकमा सूचीकृत

नबिल बैंक 'आईजे ग्लोबल म्यागेजिन' को शीर्ष २० बैंकमा सूचीकृत

नबिल बैंक लिमिटेड ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत ‘आईजे ग्लोबल’ पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको ‘एक्स्क्लुसिभ लिग’ तालिकामा सूचीकृत भएको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं– नबिल बैंक लिमिटेड ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत ‘आईजे ग्लोबल’ पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको ‘एक्स्क्लुसिभ लिग’ तालिकामा सूचीकृत भएको छ। 

National life

‘आईजे ग्लोबल म्यागेजिन’ संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। ‘आईजे ग्लोबल’ तथ्यांकले ३२ हजार भन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू र २ हजार १०० कोषहरू समावेश गर्दछ जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानून फर्महरूको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशतको बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी परियोजनाहरु प्रदर्शन गर्दछ।

वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ,  जुन ‘जी एसआईबी (ग्लोबल सिस्टेमेटिक इम्पोर्टेन्ट बैंक) शीर्ष २० औमा पर्न सफल भएको छ। लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ।

नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बैंकिङ साझेदारहरूसँग मार्फत अन्तर्राष्ट्रिय  बजारमा पहुँच व्यावसायिक बैंकिङ सेवा गर्दै आएको छ।  

Shivam cement

नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेशन व्यवस्थामा अगाडि छ। निर्माणमा आधारित उद्योगहरू, जस्तै, सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिइ चलेका उद्योगहरूबाट देशको कुल खपतको ५० प्रतिशत माग पुर्ती गर्दै आएको छ। 

जलविद्युत क्षेत्रमा १ हजार ८ मेगावाट सम्मको आन्तरिक जलविद्युत उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ। 

त्यसैगरी नबिल बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि देशकै सबैभन्दा ठूलो ऋण सिन्डिकेशन व्यवस्थापनको एक महत्वपूर्ण हिस्सा पनि हो।

प्रकाशित: May 27, 2022| 13:17 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्