सोमबार, असोज १२, २०८३

नेपालमा सुन र चाँदीको मूल्य बढ्यो

साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको महासंघको भनाइ छ। 

बढेको मूल्यअनुसार छापावाल सुनको मूल्य ९८ हजार रुपैयाँ पुगेको छ। तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। यस्तै चाँदीको मूल्य तोलामा १ हजार २८० रुपैयाँ पुगेको छ।

बिहीबार ९७ हजार ८ सय रुपैयाँमा छापावाल, ९७ हजार ३ सय रुपैयाँमा तजावी र १ हजार २७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

प्रकाशित: May 27, 2022| 12:51 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्