शनिबार, कात्तिक २९, २०८२

बालेनको विजयोत्सव [तस्बिरहरू]

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन शाहका समर्थकले आज काठमाडौंमा विजय जुलुस निकालेका छन्।
 |  शुक्रबार, जेठ १३, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन शाहका समर्थकले आज काठमाडौंमा विजय जुलुस निकालेका छन्।

National life

शुक्रबार बिहान राष्ट्रिय सभागृह अगाडिबाट समर्थकहरूले विजय जुलुस निकाल्ने भएका हुन्। जुलुस सहरका विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम छ। 

सभागृहबाट प्रारम्भ भएको जुलुस भद्रकाली, त्रिपुरेश्वर, माइतिघर सर्भिस ट्र्याक दक्षिण हुँदै बबरमहल, बिजुलीबजार, युएन पार्क कोरिडोर, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडिबुटी, पेप्सीकोला पुग्ने छ।

पेप्सीकोलाबाट फिर्ता भएको जुलुस कोटेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, तीलगंगा, गौशाला, चावाहिल, महाराजगञ्ज, सामाखुशी, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, सीतापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, त्रिपुरेश्वर, सुन्धाराहुँदै खुल्लामञ्चमा पुगेर सभामा परिणत हुनेछ। सभालाई नवनिर्वाचित मेयर बालेन शाहले सम्बोधन गर्ने छन्। 

Laxmi sunrise bank
kumari


 




प्रकाशित: May 27, 2022| 08:52 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...