काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ८३ पैसा र बिक्री दर १२४ रुपैयाँ ४३ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५६ रुपैयाँ १५ पैसा र बिक्री दर १५६ रुपैयाँ ९१ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९० पैसा र बिक्री दर १२९ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८० पैसा र बिक्री दर ८८ रुपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १० पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४० पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३३ रुपैयाँ १७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९० पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २९ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर