सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक रोजगारसम्बन्धी सेवा अब पोखरामा पनि विस्तार गरिने

वैदेशिक रोजगारसम्बन्धी सेवा अब पोखरामा पनि विस्तार गरिने

आगामी आर्थिक वर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनाएका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

पोखरा- आगामी आर्थिक वर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनाएका छन्। 

मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाको नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्‍चालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने बताएका हुन्। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको उनले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाटै श्रमिकहरू वैदेशिक रोजगारीमा जान मिल्ने गरी सम्पुर्ण सेवा उपलब्ध गराइने उनले बताए। 

मन्त्री श्रेष्ठले पोखराको विकासका योजना, सम्पदा संरक्षण, फोहर व्यवस्थापन लगायतका काममा संघीय सरकारबाट पूर्ण सहयोगको प्रतिबद्धता समेत जनाएका छन्। पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का नेता धनराज आचार्य निर्वाचित भएका छन्।


प्रकाशित: May 26, 2022| 20:59 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्