बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : सानदार नतिजामा शुक्र च्याम्पियन

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : सानदार नतिजामा शुक्र च्याम्पियन

धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई ३–अन्डर ६९ को स्कोर सहित समग्रमा १९–अन्डर २ सय ६९ को सानदार नतिजामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई ३–अन्डर ६९ को स्कोर सहित समग्रमा १९–अन्डर २ सय ६९ को सानदार नतिजामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियन बन्न सफल भएका छन्। 

National life

करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौं उपाधि हात पारे। उपाधिसँगै जितेको नगद दुई लाख ५० हजारले शुक्र पहिलो पटक नेपाल नम्बर एक गल्फर बनेका छन्। उनले यो सिजनको कुल आठ मध्ये पाँच प्रतियोगिता मात्र खेले पनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कार सहित नम्बर एक बनेका हुन्। 

२–ओभर ७४ सहित समग्रमा १३)अन्डर २ सय ७५ सहित निरज दोस्रो भए। समग्रमा १२–अन्डर २ सय ७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए। उनले अन्तिम दिन २–अन्डर ७० स्कोर जोडे। यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कार सहित दोस्रो स्थानमा तल झरे। एमेच्योर वाङ्गचेन ढोन्डुपले १–ओभर ७३ सहित समग्रमा ११–अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते। समग्रमा भने उनी चौथो भए। अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०–अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए।

उनले अन्तिम दिन ३–अन्डर ६९ को स्कोर गरे। समग्रमा भने उनी पाँचौ भए। एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुवास तामाङले समग्रमा ७–अन्डर २ सय ८१ सहित पूर्ण बहादुर शर्मासँग संयुक्त रुपमा छैठौं स्थान बाँडे। सुबाशले ५–अन्डर ६७ र पूर्णले इभन–पार ७२ मा खेल सकाए। इभन९पार ७२ सहित समग्रमा ५–अन्डर २ सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौ स्थानमा प्रतियोगिता सकाए। भुवन कुमार रोक्का र रबि खड्काले समग्रमा ३–अन्डर २ सय ८५ सहित संयुक्त रुपमा नवौ स्थान बाँडे। अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १–ओभर ७३ मा खेल सकाए। एमेच्योर सद्भाव आचार्य समग्रमा २–अन्डर २ सय ८६ सहित एघारौं र समग्रमा इभन–पार २ सय ८८ सहित सूर्य प्रसाद शर्मा १२ औ स्थानमा रहे। 

पाँच ओभर २ सय ९३ सहित व्यावसायिक तर्फ १५ औ भएका जय राम श्रेष्ठले चार लाख ७५ हजार ५ सय सहित उनले आगामी सिजनको सुरुवात तेस्रो स्थानबाट गर्नेछन्। 

Shivam cement

च्याम्पियन शुक्रले आज पहिलो होलमा बोगी खेपे पनि तेस्रो र सातौ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए। यसपछि ११ औ, १२ औ र १८ औ होलमा एकरएक सट बचाउँदा १४ औ होलमा बोगी प्रहार गर्दा ब्याक नाइन २–अन्डर ३४ मा पूरा गरे। 

दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौ होलमा बर्डी प्रहार गरे भने चौथो र पाँचौ होलमा एक–एक सट खेर फाले। यसपछि १४ औ र १५ औ होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा सकाए। 

सूर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजबाहक तथा रमेश नगरकोटी र समिर तामाङलाई कदर पत्र सहित सम्मान गरियो। 



चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको थियो। सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको छ। विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५५ हजार र १ लाख दश हजार प्राप्त गरे। विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे। 


प्रकाशित: May 26, 2022| 18:23 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्