बुधबार, असार १०, २०८३

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ जेठ २० मा हुने

मुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– मुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिको आयोजनामा यही जेठ २० गते शुक्रबारका दिन हुन लागेको हो ।

National life

कोभिड १९ पछि  नेपालीहरु डिजीटल प्रविधीका अनेकौ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेशन तर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजजना गरिएको आयोजकले जनाएको छ। कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीहरुका बारेमा सबै सरोकारवालाहरूसँग बृहत छलफल हुनेछ । 

यस वर्षको कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधी र जनजिवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तीका लागी प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ। कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपालः सानो बजार कि असिमित सम्भावना?’ तथा ‘ हामीसँग नेपाली युनीकर्न पहिचान कहिले हुनेछ?’ विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तरक्रिया र बहस हुनेछ । यी सत्रहरुमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू,  नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधीहरूको ब्यापक सहभागिता रहनेछ ।

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा कि–नोट स्पीच प्रस्तुत हुनेछ । साथै नेपालको डिजीटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सन्चार तथा सूचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको बेग्लै सत्र समेत हुनेछ ।

फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको छ। 

Shivam cement

प्रकाशित: May 26, 2022| 18:21 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्