बुधबार, असार १०, २०८३

भाइबरको तीन महिने बिजनेस म्यासेज ‘फ्री ट्रायल’

आफ्ना साथीभाइ, परिवारसँग जोडिनका लागि प्रयोग हुने राकुटेन भाइबर यस पल्ट ब्राण्डहरूका लागि पनि उत्तम विकल्प बनेको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– आफ्ना साथीभाइ, परिवारसँग जोडिनका लागि प्रयोग हुने राकुटेन भाइबर यस पल्ट ब्राण्डहरूका लागि पनि उत्तम विकल्प बनेको छ।

National life

विशेषगरी वाणिज्य संवादको उदय भइरहेको अवस्थामा कम्पनीहरूलाई उपभोक्ताहरूसँग व्यक्तिगत रूपमा जोडिन मद्दत पुर्याउने अभिप्रायका साथ इङ्गेजिङ कन्भर्सेसन  भाइबरले प्रदान गर्ने प्रत्येक सेवासुविधाको केन्द्रमा रहेको कम्पनीले बताएको छ । 

आफ्ना ग्राहकहरूसँग ‘वान टू वान’ र अन्तरक्रियात्मक सञ्चारका फाइदाहरू अनुभव गर्न बाँकी रहेका व्यवसायहरूले यस विशेष प्रोमो अवधिमा आफ्ना ग्राहकहरूसँग तीन महिनाका लागि कन्भर्सेसनल भाइबर बिजनेस मेसेज निःशुल्क प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ। यस ट्रायलमा पहिलो पटक कन्भर्सेशनल मेसेजहरू पठाउने कुनै पनि नयाँ वा अवस्थित बिजनेस मेसेज खातामा उपलब्ध गराइएको छ।

यस प्रोमो जुन ३०, २०२२ सम्म ग्लोबल मार्केटहरूमा रहनेछ । यस अवधिमा पहिलो पटक कन्भर्सेशनल मेसेज पठाउने कुनै पनि ब्राण्डले पहिलो मेसेजको मितिदेखि यो सुविधा ९० दिनसम्म  निःशुल्क  प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। 

मूलतः कन्भर्सेसनल भाइबर बिजनेस मेसेज ग्राहकहरूको सहायताका निम्ति प्रयोग गरिए पनि उक्त बिजनेस मेसेजले ब्राण्ड र उपभोक्ताबीच एउटा नयाँ कम्यूनिकेसन एभेन्यू खोल्न सक्छ। लाइभ एजेण्ट का साथ कुराकानीले विविध विषयहरू सम्बोधन गर्न सक्छ जस्तैः डेलिभरी विवरण र अर्डर व्यवस्थापन, उत्पादन छनौटमा मद्दत, बुकिङ गर्न, वा उत्पादनहरूको ‘लोयलटी’ व्यवस्थापन। अन्तरक्रियात्मक कम्यूनिकेसनको माध्यमबाट कम्पनीहरूले ग्राहकको धारणामा सुधार, पोस्ट९खरिद अनुभव र अन्य कुराहरूमा पनि सुधार ल्याउन सक्छन् ।

Shivam cement


प्रकाशित: May 26, 2022| 18:18 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्