शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध

द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर अनुबन्ध

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुवन्ध भएको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा अग्रणी दुई पाङ्ग्रे सवारी ब्राण्ड ‘बजाज पल्सर’ अनुवन्ध भएको छ।

National life

बिहीबार काठमाण्डौमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कँडेलवीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ। नेपालको युवापुस्तामा लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुवन्ध हुन पाउनु पल्सरका लागि गौरवको बिषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले बताए। पल्सर पनि युवापुस्ताको ब्राण्ड भएकाले भ्वाइस र पल्सरवीचको सहकार्य अर्थपूर्ण रहेको उनले बताए।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले बजाज पल्सरलाई टाइटल स्पोन्सरका रुपमा पाउनु भ्वाइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्वपूर्ण रहेको बताए। नेपाली गीतसंगीत क्षेत्रको प्रर्बद्धन एवं नयाँ प्रतिभाहरुको खोजीमा दुईवटा ब्राण्डको सहकार्यले दीघकालीन अर्थ राख्ने उनले बताए।

हिमालय टेलिभिजनबाट प्रसारण हुने द भ्वाइस अफ नेपालको चौथो सिजनका लागि डिजिटल अडिसन सुरु भइसकेको छ। अबको दुई साताभित्र डिजिटल अडिसन बन्द भई कार्यक्रम उत्पादनको तयारी तिब्र पारिने टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए।

Laxmi sunrise bank
kumari

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल १ सय २० जना प्रतिभाहरुले कोचका अगाडी इन्ड अडिसनमा प्रस्तुती दिन पाउनेछन्। ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम आगामी साउन महिनादेखि हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रसारण हुने छ। 

 


प्रकाशित: May 26, 2022| 18:17 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्