सोमबार, असोज १२, २०८३

भृकुटीमण्डपमा बृहत् जुत्ताचप्पल मेला सुरु

भृकुटीमण्डपमा बृहत् जुत्ताचप्पल मेला २०७९ सुरु भएको छ। एक दर्जन स्वदेशी ब्राण्डले संयुक्त रुपमा आयोजना गरेको मेला जेठ १२ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ। सहभागी ब्राण्डहरुमा शिखर, फुट स्टेप, पिजि सुज, हाइलाइफ, वान वर्ल्ड फुटवेयर, व्याम्वो र बेस सुज रहेका छन् ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– भृकुटीमण्डपमा बृहत् जुत्ताचप्पल मेला २०७९ सुरु भएको छ। एक दर्जन स्वदेशी ब्राण्डले संयुक्त रुपमा आयोजना गरेको मेला जेठ १२ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ। सहभागी ब्राण्डहरुमा शिखर, फुट स्टेप, पिजि सुज, हाइलाइफ, वान वर्ल्ड फुटवेयर, व्याम्वो र बेस सुज रहेका छन् । 

जुत्ता चप्पल मेलामा ग्राहकहरुले ३० देखि ७० प्रतिशतसम्मको भारी छुट पाउने मेलाका संयोजक रामहरी तोलाङले बताएका छन् । प्यारागन फुटवयेर कम्पनीका लगानीकर्ता समेत रहेका तोलाङको पिजि ब्राण्ड पनि मेलामा सहभागि रहेको छ । 

नेपाली ब्राण्डको स्टक धेरै नरहेकाले यस आर्थिक वर्षको क्लोजिङमा सबै स्टक सक्काउने लक्ष्य लिएर जुत्ता मेला सञ्चालन गरेको उनले बताए।  विवाहको सिजन भएकाले पार्टी शुज र रेगुलर शुज बिक्ने सिजन भएकाले मेला आयोजना गरिएको हो । नेपाली ब्राण्डका जुत्ता चप्पल ग्राहकसम्म मेलाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन्।  

‘नेपाली ब्राण्डले ग्राहकको विश्वास जित्न सफल भएकाले व्यापार राम्रो हुने अपेक्षा गरिएको छ । मौसमले साथ दिए सबै स्टक सक्काउने लक्ष्य रहेको छ,’ उनले भने।

विदेशी जुत्ता भन्दा नेपाली जुत्ता सस्तो र टिकाउ भएकाले ग्राहकको विश्वास जित्दै गएको मेला आयोजकहरुले बताएका  छन् । बजारमा ६५ प्रतिशत स्थान स्वदेशी ब्राण्डले ओगटेको स्वदेशी व्यवसायीहरुले दावी गर्दै आइरहेका छन्। 

उत्पादन बढाउनको लागि सरकारले सहुलियत व्याजदरमा ऋण दिएमा ८५ प्रतिशत बजार धान्न सक्ने व्यवसायीहरुको आकलन रहेको छ । चोरि पैठारी भएर आएका सामानले स्वदेशी उत्पानलाई बाधा पुर्याएको तोलाङले बताए। चोरि पैठारी निर्मूल पार्ने व्यवस्था बनाउने राज्यको दायित्व रहेको उनले बताए।

प्रकाशित: May 26, 2022| 18:15 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्