बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्न्यापड्रागन पावर र ६००० एमएएच ब्याट्रीका साथ रेड्मी १० नेपाली बजारमा

स्न्यापड्रागन पावर र ६००० एमएएच ब्याट्रीका साथ रेड्मी १० नेपाली बजारमा

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० नेपाली बजारमा सार्वजनिक गरेको छ। स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन ल्याउने लक्ष्यका साथ शाओमीले रेडमी १० लन्च गरेको हो।

National life

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘हाम्रो लागि उपभोक्ता नै हाम्रो केन्द्रबिन्दु हो जसले गर्दा हामीलाई शाओमीले प्रयोग गर्ने टेक्नोलोजी सबैका लागि पहुँच योग्य बनाउन प्रेरित गर्दछ। कम बजेटमा राम्रो परफमेन्स खोज्नेहरुका लागि रेड्मी १० सबै भन्दा उत्कृष्ट उत्पादन हो । रेड्मीको यो उपकरणमा फ्ल्यागशिप उपकरणहरूमा पाइने स्न्यापड्रागन ६८० र टलm प्रोसेसरहरु रहेको छ। अग्रणी वर्गको प्रोसेसर, स्न्यापड्रागन ६८० र ६००० एमएएच को ब्याट्रीले उपभोक्ताहरुलाई ढिलाइ मुक्त र सहज अनुभव सुनिश्चित गर्नुका साथै १७।०४ इन्च डिस्प्ले र ५०ःए डुअल क्यामेरा भएको यो रेड्मी १० ले आरामदायी दृश्य अनुभव प्रदान गर्दछ।’

नयाँ रेड्मी १० को पछाडि जडान गरिएको ठूलो क्यामेराको साथमा फिंगरप्रिन्ट स्क्यान गर्ने स्पेस सबैभन्दा आकर्षक विशेषता रहेको छ। १।१३ एमएम मोटाइ र २०३ ग्राम वजन भएको यो फोन ६।७१ इन्च डिस्प्लेमा उपलब्ध छ। रेड्मी १० नेपाली बजारमा मिडनाइट ब्ल्याक, पसिफिक ब्लु, करेबेयन ग्रीन मा उपलब्ध छ।  

नेपालमा रेड्मी १० को मूल्य संस्करणअनुसार १८,९९९ देखि २१,९९९ रुपैयाँसम्म छ।

प्रकाशित: May 26, 2022| 17:48 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्