सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीलाई एनसेलले दियो छात्रवृत्ति

पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीलाई एनसेलले दियो छात्रवृत्ति

एनसेलले पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– एनसेलले पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। आफ्नो व्यावसायिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इञ्जिनियरिङ कलेजका उत्कृष्ट विद्यार्थीहरूलाई कम्पनीले बुधबार छात्रवृत्ति तथा सम्मान २०७८ प्रदान गरेको हो। 

एनसेलको मुख्य कार्यालय लैनचौरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो। कार्यक्रममा अभिभावक, प्राध्यापक तथा अन्य अथितिहरूको उपस्थिति थियो। 

एनसेलले यस्तो कार्यक्रम २०७१ देखि गर्दै गरेको हो। प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न यो कार्यक्रम गरिएको कम्पनीले बताएको छ।

यो कार्यक्रममार्फत सिभिल इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इञ्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको हो। 

प्रकाशित: May 26, 2022| 13:14 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्