सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एभरेष्ट बैंकका ग्राहकलाई सहारा फिजियोथेरापी अस्पतालमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहकलाई सहारा फिजियोथेरापी अस्पतालमा विशेष छुट

एभरेष्ट बैंक लिमिटेडका ग्राहकलाई सहारा फिजियोथेरापी अस्पताल महाराजगन्जले विशेष छुट दिने भएको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडका ग्राहकलाई सहारा फिजियोथेरापी अस्पताल महाराजगन्जले विशेष छुट दिने भएको छ।

बैंकको कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीहरूलाई विशेष छुट दिने सम्झौतामा बैंक र अस्पतालबीच हस्ताक्षर भएको हो। 

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा हरिकुमार लम्सालले सो सम्झौताको एमओयू आदानप्रदान गरेका छन्।

कार्यक्रममा डा लम्सालले बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने बताए।


प्रकाशित: May 26, 2022| 13:13 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्