आइतबार, मंसिर ७, २०८२

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। कतार फुटबल संघले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। दुवै खेल कतारको दोहामा हुनेछन्।

National life

एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। कतार फुटबल संघले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ। नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको कतार फुटबल संघले जनाएको छ।

कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ। नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह 'ए' मा रहेको छ। उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन्। नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ। नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ।

छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नवयुग श्रेष्ठको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरेका छन्।

टोलीका अन्य खेलाडीमा क्रमशः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा, विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल, आकाश बुढा क्षेत्री, एरिक विष्ट, नीरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी, आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की र मनिष डाँगी छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 26, 2022| 07:55 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।