सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच अन्तरआवद्धता

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच अन्तरआवद्धता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तरआवद्धताको लागि सम्झौता भएको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तरआवद्धताको लागि सम्झौता भएको छ।

यी दुवै संस्था नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त संस्था हुन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा फर्स्ट पे को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालबीबच सम्झौतामा हस्ताक्षर तथा आदान प्रदान भएको थियो। 

एससीटी यूपीआई कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्तानी सुबिधा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र युनियन पे मा आबद्ध भुक्क्तानी संयन्त्र मार्फत कारोबार गर्न सकिने क्यूआर सेवा प्रदान गर्दै आएको फर्स्ट पे टेक्नोलोजिज बिच भएको एस सम्झौताले मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रबन्धनमा टेवा पुग्ने आशा लिइएको छ। 

प्रकाशित: May 25, 2022| 16:16 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्