सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काबेली ३ जलविद्युत आयोजनाको प्रमुख लगानीकर्ता एनएमबि बैंक

काबेली ३ जलविद्युत आयोजनाको प्रमुख लगानीकर्ता एनएमबि बैंक

एनएमबि बैंक २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको प्रमुख लगानीकर्ता भएको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– एनएमबि बैंक २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको प्रमुख लगानीकर्ता भएको छ। यो आयोजना प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा निर्माण भइरहेको छ। यस आयोजनामा बैंक अगुवा बैंक रहेको छ भने सहवित्तीयकरणमा सेञ्चुरी बैंक छ। 

२१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत चार अर्ब २८ करोड ५० लाख रुपैयाँ छ। जसमध्ये बैकहरुको ऋण लगानी तीन अर्ब २१ करोड ३० लाख रुपैयाँ रहनेछ। यो आयोजनासमेत गरी एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ।  

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित: May 25, 2022| 16:15 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्