सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेञ्चुरी कमर्सियल बैंकको डिबेन्चर बाँडफाँट सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकको डिबेन्चर बाँडफाँट सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकको १० वर्षे अवधि तथा साढे १० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेन्चर २०८८ को सेयर बाँडफाँट सम्पन्न भएको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकको १० वर्षे अवधि तथा साढे १० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेन्चर २०८८ को सेयर बाँडफाँट सम्पन्न भएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित मूल्य प्रतिकित्ताका दरले २२ हजार कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत ९ सय १३ लाख २० हजार कित्ता डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत ८ लाख ८० हजार कित्ता सर्वसाधारणमा बिक्रीका लागि जेठ ४ गतेसम्म आवेदन खुल्ला गरेको थियो। 

सर्वसाधारणमा निष्कासित ८ लाख ८० हजार कित्तामध्ये सामूहिक लगानी कोषबाट माग भई आएको १० हजार कित्ता डिबेन्चर कोषलाई बाँडफाँट गरिएको छ। बाँकी ८ लाख ७० हजार कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्दा सीआस्वा आवेदनबाट २२ सय ७२ जनाले ७८ हजार ७ सय ८५ कित्ता डिबेन्चरको आवेदन प्राप्त भएको बैंकले जनाएको छ। 

त्यसमध्ये १० जनाको ४ सय १५ कित्ता डिबेन्चर रद्द गरी २२ सय ६२ जनालाई ७८ हजार ३  सय ७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणले ७ लाख ९१ हजार ६ सय ३० कित्ता माग गरेका थिए। सो समेत २१ लाख ११ हजार ६ सय ३० कित्ता डिबेन्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएको थियो। त्यसमा मागअनुसार नै आवेदन परेको बैंकले जनाएको छ। 

कम्पनीका अनुसार सर्वसाधारण र परिपत्र विधिबाट रितपूर्वक आएका आवेदनलाई २१ लाख ९० हजार कित्ता आज १० गते निष्काशन तथा बिक्री प्रबन्धकको रजिस्टर्ड कार्यालयमा बाँडफाँट गरिएको हो।   

प्रकाशित: May 25, 2022| 16:13 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्