काठमाडौं- सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको हो।
यस्तै अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरसिप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्। अमेरिकाको हवाईस्थित मनोलोलुमा जेठ १८ देखि २० गतेसम्म आयोजना हुने कम्प्रिहेन्सिभ सेक्युरिटी कोर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।
प्रवक्ता कार्कीले आउँदो जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाईलेभल नेपाल स्टडी मिसन टू इन्डिया अन राइट टू फूड एन्ड फूड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन कृषि तथा पुशुपंक्षी विकास मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय भएको पनि जानकारी दिए।
त्यस्तै सरकारले आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एण्ड नलेज सेयरिङ अन यूरोपियन कोअप्रेटिभ सिस्टम एण्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एण्ड भिजिटेबल कोअप्रेटिभ्स मार्केट डेभलपमेण्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने, रुवाण्डाको किगालीमा २०७९ जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वल्र्ड टेलि कम्युनिकेशन डेभलपमेण्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृत दिने निर्णयसमेत गरेको छ।
प्रवक्ता कार्कीले लोकसेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने निर्णय गरेको पनि जानकारी दिए।
यी हुन् निर्णय (बुँदागत)
• संयुक्त राज्य अमेरिकामा सञ्चालन हुने साइबर सेक्युरेटी लिडरशीप प्रोग्राम तथा ट्रेनिङमा सहभागी हुन नायब महान्यायाविधवक्ता डा. टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने ।
• संयुक्त अधिराज्य अमेरिकाको हवाईस्थित मनोलोलुमा मिति २०७९ जेठ १८ देखि २० सम्म आयोजना हुने कन्प्रिएन्सिव सेक्युरिटी कोर्षमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेस प्रदेशका प्रमुख सचिव श्री कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
• २०७९ जेठ १८ देखि २५ गतेसम्म भारतमा आयोजना हुने हाईलेभल नेपाल स्टडी मिसन टू इण्डिया अन राइट टू फूड एण्ड फूड सर्भिरेन्टी एक्ट कार्यक्रममा सहभागी हुन माननीय कृषि मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।
• सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।
• २०७९ जेठ ११ गते आयोजना हुने नेपाल–चीन कुटनैतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमबाट हुने १४ औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने ।
• आगामी जेठ २९ देखि असार ५ सम्म जर्मनी, बेल्जियम र फ्रान्समा लर्निङ एण्ड नलेज सेयरिङ अन यूरोपियन कोअप्रेटिभ सिस्टम एण्ड गुडप्राक्टिसेस अन एग्रिकल्चर फ्रुट एण्ड भिजिटेबल कोअप्रेटिभ्स मार्केट डेभलपमेण्ट कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृत प्रदान गर्ने ।
• रुवाण्डाको किगालीमा २०७९ जेठ २३ गतेदेखि असार २ गतेसम्म आयोजना हुने वल्र्ड टेलि कम्युनिकेशन डेभलपमेण्ट कन्फरेन्समा भाग लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृत दिने ।
• लोकसेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा तथा नियुक्ति पदस्थापना गर्ने ।
सचिवको सरुवा
-रविन्द्रनाथ श्रेष्ठ सचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख अधिकृत राष्ट्रिय शतर्कता केन्द्र।
- सुरेश आचार्य, सचिव खोनपानी मन्त्रालयबाट सचिव प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय।
-मणिराम गेलाल, सचिव प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सचिव खानेपानी मन्त्रालय।
-सुशीलचन्द्र तिवारी, प्रमुख अधिकृत राष्ट्रिय शतर्कता केन्द्रबाट सचिव उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय।
-गोपालप्रसाद सिग्देल, सचिव नेपाल ट्रस्टको कार्यालयबाट सचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ।