बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भायनेटले ल्यायो नयाँ अफर, ९९९ रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट

भायनेटले ल्यायो नयाँ अफर, ९९९ रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट

भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाइनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन गरेको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाइनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन गरेको छ। 

National life

कम्पनीले ग्राहकलाई अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा उपलब्ध गराउने भएको हो।

भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएसको इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र ९ सय ९९ रुपैयाँ प्रतिमहिनाको मूल्यमा पाउनेछन्।

१७५ बढी लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकहरूले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि मात्र ११ सय रुपैयाँ प्रतिमहिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन्। 

यी दुवै योजनाहरूमा मात्र ५ सय रुपैयाँ थपी डुअल ब्याण्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ।

Shivam cement

यो प्याकेजमार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आईपी टिभी सेवा चाहने दुवै वर्गका ग्राहकहरूको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।

त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकहरूका लागि भने कम्पनीले दुई ओटा भायाटिभीसहित २५० एमबीपीएस र तीनवटा भायाटिभीसहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः १२ सय ५० रुपैयाँ प्रतिमहिना र १५ सय रुपैयाँ प्रतिमहिनाको आकर्षक मूल्यमा पाउने व्यवस्था गरेको छ।

कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकहरूको अल्ट्रा–फाइ योजनाहरूमा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ। यी परिमार्जनहरूसँगै भायानेटले अल्ट्रा–फाइलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनाहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ।

प्रकाशित: May 25, 2022| 15:58 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्