बुधबार, असार १०, २०८३

यामाहाको नयाँ बाइक एफ जेड एक्स १५० नेपाली बजारमा

यामाहाको एफ जेड एक्स १५० मोटरसाइकल नेपाली बजारमा बिक्री सुरु भएको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– यामाहाको एफ जेड एक्स १५० मोटरसाइकल नेपाली बजारमा बिक्री सुरु भएको छ। यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले आजबाट बिक्री सुरु गरेको हो।

National life

एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५–२१ सम्म आयोजित महा एक्सचेञ्ज मेलाको अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो।

कम्पनीका अनुसार एफ जेड एक्स १५० यामाहाको पहिलो नियो रेट्रो बाइक हो जुन एलसिडी मिटर र ब्लूटूथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।

राइड फ्रि अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ ।

महा एक्सचेञ्ज मेलामा नेपाली सिनेकर्मी अनमोल केसीले समेत टेस्ट राइड गरी मन पराएको यस अल न्यू एफ जेड एक्स १५०, फ्युल इन्जेक्टेड र भारत स्टायाण्डर्ड ०६, एयर कूल्ड, १५० सीसी ब्लू कोर इन्जिन र ५ स्पीड गियर बक्सका साथ तयार पारिएको बाइक हो ।

Shivam cement

 यसले ७२५० आरपीएममा १२।४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३।३ एनएम टर्क जेनेरेट गर्दछ ।

यामाहाका अन्य मोटरसाइकलहरुभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक डिटेल चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ 

उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको टू लेभल सिट, बलियो ब्लक प्याट्रन टायर, फ्रण्ट फोर्क बुटका साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लूटूथ कनेक्टिभिटीजस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताएका छन् । 

साथै, डिआरएलका साथ बाइ फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिङ टेललाइटले बाइकको भिज्यूअललाई थप आकर्षण प्रदान गरेको क्षेत्रीले उल्लेख गरेका छन् ।

आइतबारबाट नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफ जेड एक्स १५० को मूल्प ४ लाख २६ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम रोड टू मोटो जिपी पनि सार्वजनिक गरेको छ। यो यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ। 

प्रकाशित: May 25, 2022| 15:23 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्