बुधबार, असार १०, २०८३

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्यलाई पाँच वर्षका लागि नियुक्त गरेको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९
National life
Shivam cement

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्यलाई पाँच वर्षका लागि नियुक्त गरेको छ। दुई सञ्चालक खाली रहँदा बैंकको पूर्ण बैठक बस्न सकेको थिएन। 

सञ्चालक समितिले पूर्णता नपाँउदा कतिपय निर्णय रोकिएका थिए। पूर्व सञ्चालक श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि रिक्त रहेको स्थानमा मन्त्रिपरिषद् बैठकले आचार्य र शिवाकोटीलाई नियुक्त गर्ने निर्णय गरेको हो। शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् भने आचार्य पूर्व कार्यकारी निर्देशक हुन्। 


प्रकाशित: May 25, 2022| 13:54 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्