आइतबार, मंसिर ७, २०८२

बढ्यो महिला र पुरुष क्रिकेट खेलाडीको तलब

नेपाली महिला तथा पुरुष क्रिकेट खेलाडीको तलबमा वृद्धि भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीको तलब वृद्धि गरेको क्यानले जानकारी दिएको हो।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- नेपाली महिला तथा पुरुष क्रिकेट खेलाडीको तलबमा वृद्धि भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीको तलब वृद्धि गरेको क्यानले जानकारी दिएको हो।

National life

नेपाली सिनियर पुरुष टिमका खेलाडीको तलब १० हजारले बढ्ने भएको छ। यसअघि ए, बी र सी श्रेणिका खेलाडीको तलब क्रमशः ५० हजार, ४० हजार र ३० हजार थियो।

अब सेन्ट्रल कन्ट्राक्टमा रहने सबै खेलाडीको तलब १० हजारका दरले बढेसँगै 'ए' श्रेणीको खेलाडीले मासिक ६० हजार पाउनेछन्।

यता महिला खेलाडीको पनि तलबमा वृद्धि गरिएको क्यानले जानकारी दिएको छ। यसअघि ए, बी र सी श्रेणीका खेलाडीको तलब क्रमशः १५ हजार, १२ हजार र १० हजार तोकिएको थियो।

नेपालीमा महिला खेलाडीले यो वर्षबाट मात्र तलब पाउन थालेका हुन्। यससँगै उनीहरूको यो वर्षबाट सेन्ट्रल कन्ट्राक्ट पनि भएको छ। महिलातर्फ भने दुई तरिकाले तलब वृद्धि गरिएको छ। सी ग्रेडमा रहेका खेलाडीको तलब मासिक पाँच हजारले बढेको छ भने ए र बी ग्रेडमा रहेका खेलाडीको तलब भने ६ हजारका दरले बढेको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै, टीयू मैदान पिचका कर्मचारी र क्युरेटरको पनि तलब बढाउने निर्णय क्यानले गरेको हो।

बढेको तलब गएको अप्रिल १ तारिखबाट लागू हुने क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रकाशित: May 25, 2022| 13:17 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।