शनिबार, मंसिर ६, २०८२

नवौं राष्ट्रिय खेलकुद सार्नुपर्ने यी हुन् ६ कारण

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ। यो भनेको आउँदो दसैं र तिहारबीचको समय हो।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ। यो भनेको आउँदो दसैं र तिहारबीचको समय हो। 

National life

पटक-पटक मिति परिवर्तन हुँदै आएको राष्ट्रिय खेलकुद अब निर्धारित मितिमै हुने युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए।

मन्त्रालयले देशको नीति तथा कार्यक्रम सार्वजनिक हुने समयभन्दा केही अघि पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो। हरे दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद वि.सं. २०७५ सालमा अन्तिम पटक आयोजना भएको थियो। प्रदेश १ मा भएको त्यो आठौं राष्ट्रिय खेलकुदसमेत हो।

तर, २०७७ मा प्रतियोगिता हुनुपर्ने भए पनि अहिलेसम्म नवौं संस्करण हुनसकेको छैन। कोभिड १९ को महामारीका कारण मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुद प्रतियोगिता स्थगित गर्ने र सार्ने काम गर्दै आइरहेका छन्।

यता लामो समयसम्म राखेपको बोर्ड बैठक बस्न नसकेका कारण प्रतियोगिताको मिति तोकिएको थिए। राखेको पछिल्लो बोर्ड बैठकले आगामी जेठ २२ गतेबाट राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो।

Laxmi sunrise bank
kumari

यो प्रतियोगिताका लागि सरकारले प्रदेशहरूलाई ४९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। त्यसमा प्रदेशले छनोट, तयारी देखि प्रतियोगितामा सहभागीसम्म गराउनु पर्नेछ।

त्यस्तै, नवौं राष्ट्रिय खेलकुदका लागि अर्थ मन्त्रालयले ६० करोड नबढ्ने गरी प्रतियोगिताको तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई अनुरोध गरेको मन्त्री गहतराजले बताएका छन्।

मन्त्री गहतराजका अनुसार नवौं राष्ट्रिय खेलकुद सार्नुपर्ने कारणहरू यस्ता छन्:-

१. आगामी २२ गतेबाट आयोजना गरिएको खेलकुदका लागि बजेट कार्यान्वयनको अवधि छोटो भएको छ। यसअघि राखेपको बोर्ड बैठकले १३औं खेलकुदको शैलीमै फास्ट ट्याकमा सामान खरिद गरेर राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो। तर, सो शैलीमा गर्न अर्थ मन्त्रालयले मान्यता नदिएपछि आगामी २२ गते राष्ट्रिय खेलकुद आयोजना गर्न राखेप र मन्त्रालय असमर्थ भएको हो। अब सार्वजनिक खरिद ऐनको अनुसार सामान खरिद गरेर प्रतियोगिता आयोजना हुनेछ।

२. प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुँदैछ। तर उसले नै प्रतियोगिताका लागि छनोट गर्ने काम सम्पन्न गरेको छैन। यसकारण गणकी खेलकुद परिषद्ले छनोट गर्न नसकेपछि प्रतियोगिता सार्न दबाब परेको हो। प्रतियोगितालाई सार्नका लागि गण्डकी प्रदेशले पनि अनुरोध गरेको थियो।

३. गण्डकीमा जस्तै मधेस प्रदेशमा पनि प्रदेशीक छनोट हुन सकेका छैन। मधेसमा त अहिलेसम्म प्रदेशीक खेलकुद परिषद् नै बनेको छैन। यसकारण सम्बन्धित मन्त्रालयले नै खेलकुदका गतिविधि गर्दै आइरहेका थिए। यसकारण खेलको आवश्यक अंग नहुँदा खेलाडी सहभागितामा समस्या भएको थियो।

४. यता, नवौं राष्ट्रिय खेलकुदको मिति सार्वजनिक भए पनि त्यसबीचमा निर्वाचन परेकोले तयारीमा केही ढिलाइ भएको थियो। यसकारण जेठको अन्तिम सातामा आयोजना गरिएकोप्रतियोगिताका लागि जेठको पहिलो हप्तासम्म तयारी पनि हुन सकेको छैन।

५. खासमा राष्ट्रिय खेलकुद एसियन गेम्सलाई लक्षित गरेर आयोजना गरिएको थियो। चीनको ग्वान्जाउमा आगामी सेप्टेम्बरमा एसियन गेम्स तय थियो। तर, कोभिडको महामारी का कारण गेम्स अर्को वर्ष पुगेको छ। यसकारण राष्ट्रिय खेलकुदमा सहभागी बनेका खेलाडी र त्यहाँको प्रतियोगितामा देखिएका नयाँ खेलाडीले नै प्राथमिकता पाउने हिसाबले राष्ट्रिय खेलकुद सार्नु परेको हो।

६. त्यस्तै, जेठमा आयोजना गर्न नसकिएपछि असार, साउन र भदौ महिनालाई छोडेर असोज र कात्तिकमा आयोजना गरिएको। त्यसको कारण चाहिँ मन्त्री गहतराजले मौसमलाई दिएका छन्। राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायतले मौसम विभागसँग सल्लाह गरेर यी तीन महिनामा खेलकुद नगर्ने निर्णय गरेका हुन्। असोजको पहिलो हप्तासम्म मनसुन सक्रिय रहने र त्यसपछि दसैं आउने भएका कारण दर्शै र तिहारबीचको खाली समयमा प्रतियोगिता आयोजना हुने भएको हो।

प्रकाशित: May 25, 2022| 09:02 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।