आइतबार, मंसिर ७, २०८२

आईपीएल फाइनल पुग्‍न गुजरातलाई ठूलो चुनौती

इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले पहिलो क्वालिफायरको खेल भइरहेको छ। भारतमा जारी आईपीएलको पहिलो क्वालिफायरबाट फाइनल पुग्नका लागि राजस्थान रोयल्सले गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा अहिले पहिलो क्वालिफायरको खेल  भइरहेको छ। भारतमा जारी आईपीएलको पहिलो क्वालिफायरबाट फाइनल पुग्नका लागि राजस्थान रोयल्सले गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ।

National life

लिगको शीर्षस्थानमा रहँदै गुजरात क्वालिफायरमा पुगेको थियो भने दोस्रो स्थानमा रहँदै राजस्थान पनि क्वालिफायरमा पुगेको हो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा १८८ रन बनाएको छ। यससँगै गुजरातले १८९ रनको लक्ष्य पाएको छ। अब फाइनल पुग्नका लागि १८९ बनाउनु पर्ने भएको छ।

आजको खेलमा राजस्थानको ओपनर यसस्वी जैसवाल तीन रनमै आउट भए। तर अका ओपनर जस बटलरले ८९ बनाएका छन्। उनले ५ बलमा १२ चौका र एक छक्का साथ ८९ रन बनाए। उनी अन्तिम बलमा रन आउट भएका थिए।

यसबाहेक सन्जु समसनले २६ बलमा ४७ रन बनाए भने देवदत्त पडिक्कलले २० बलमा २८ रन बनाए। राजस्थानका समसनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए।

Laxmi sunrise bank
kumari

गुजरातका लागि मोहम्मद शामी, यस दयाल, रविश्रिनिवासन साई किशोर र हार्दिक पाण्ड्याले समान १–१ विकेट गिराए।

अन्तिम बलले नो बलको मान्यता पाएपछि सो बललाई पुन प्रहार गरिएको थियो। यसक्रममा रियनल पराग रनआउट भए। यससँगै अन्तिममा मैदान पसेका रविचन्द्र अश्विनले एक बलमा दुई रन बनाए। यससँगै राजस्थानले १८८ रन बनाएको हो।

आईपीएलमा राजस्थानले सन् २००८ को सिजनका उपाधि जितिसकेको छ भने गुजरात आईपीएलको नयाँ टिम हो।

प्रकाशित: May 24, 2022| 22:01 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।