बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सुदूरपश्चिम प्रदेशको विकासमा सरकारको नीति तथा कार्यक्रम

सुदूरपश्चिम प्रदेशको विकासमा सरकारको नीति तथा कार्यक्रम

राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा वर्षौंदेखि निर्माण हुन नसकेको पश्चिम सेती आयोजनाको निर्माण सुरु गरिने उल्लेख छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

धनगढी- नेपाल सरकारले आज पेश गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न विकासका योजना समेटिएका छन्। 

National life

राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा वर्षौंदेखि निर्माण हुन नसकेको पश्चिम सेती आयोजनाको निर्माण सुरु गरिने उल्लेख छ।  

कञ्‍चनपुरको महाकाली नदीमा निर्माणाधीन दोधारा चाँदनी जोड्ने चार लेनको पुल निर्माण सम्पन्न गरिने, दोधारा चाँदनी र राजापुरमा सहरी विकासका पूर्वाधार जुटाउने, धनगढी विमानस्थलमा सुविधाजनक टर्मिनल निर्माण गरिने, ताप्लेजुङ र दार्चुला जिल्लालाई ‘ग्रेट हिमालयन ट्रेल’को रुपमा प्रवद्र्धन गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ।  

सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने, महाकाली, कर्णालीजस्ता नदीको जलाधार क्षेत्रको संरक्षण गरिने, धनगढीको फाप्ला क्रिकेट मैदान निर्माण गर्ने विषय पनि समेटिएको छ।  

कैलाली र कञ्चनपुरसहित देशभर रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या आगामी दुई वर्षभित्र समाधान गर्ने, कैलाली कञ्चनपुरलगायतका जिल्लामा रहेका मुक्तकमैयाका लागि तीनै तहका सरकारले उत्पादन रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने विषयलाई समेत नीति कार्यक्रममा समेटिएको छ। 

Shivam cement

सरकारले बजेट प्रस्तुत गर्नुअघि यसको मार्गदर्शकको रुपमा नीति कार्यक्रमलाई लिइन्छ। सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेशको हकमा अल्छी लागेर ल्याएको जस्तो देखिएको प्रतिक्रिया प्रदेश सरकारका निवर्तमान आर्थिक मामिलामन्त्री तारा लामा तामाङले दिए।  

उनले भने, 'डडेलधुरामा मेडिकल कलेज खोल्ने विषय सकारात्मक छ, अर्बौंको लागतमा भवन निर्माण पूरा भइसकेको गेटा मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छैन, सङ्घीय व्यवस्थामा प्रदेशलाई अझ व्यवस्थित कसरी गर्ने भन्ने विषय पनि समेटिएको छैन।'

डोटी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभाका सदस्य भरतबहादुर खड्काले परम्परागत ढङ्गले आएको नीति तथा कार्यक्रममा विकासका दृष्टिमा निकै पछि परेका सुदूरपश्चिम र कर्णालीजस्ता प्रदेशको समग्र विकासका लागि समेट्नुपर्ने धेरै कुरा नसमेटिएको प्रतिक्रिया दिए।  

उनले भने, 'डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रमको राम्रो पक्ष मानिए पनि पश्चिम सेती आयोजना बनाउने भनिएको छ, तर यसको स्रोत व्यवस्थापनको कुरा अस्पष्ट छ।'


प्रकाशित: May 24, 2022| 23:10 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्