बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक सातामै दोस्रोपटक बढ्यो गाडी भाडा [देशभरका गन्तव्यको सूचीसहित]

एक सातामै दोस्रोपटक बढ्यो गाडी भाडा [देशभरका गन्तव्यको सूचीसहित]

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। एक सातामै दोस्रोपटक गाडी भाडा बढेको हो।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। एक सातामै दोस्रोपटक गाडी भाडा बढेको हो। 

National life

अन्तरप्रदेशमा सञ्चालित सार्वजनिक सवारीको भाडा बढेको  हो। यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ। विभागले सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको बताएको छ।

विभागका अनुसार यात्रुवाहक सवारीसाधनमा २‍.१ प्रतिशतले भाडा बढेको छ। त्यस्तै मालवाहक सवारीसाधनमा २‍.७ देखि ३ प्रतिशतसम्म भाडा बढेको छ। लोकल (प्रदेशभित्रै चल्ने) सवारीसाधनमा भने भाडा बढाइएको छैन।

यसअघि विभागले ४ जेठमा पनि भाडा बढाएको थियो। त्यसैगरी चैत २० गते पनि गाडी भाडा बढेको थियो। नेपाल आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढाएको थियो।

प्रकाशित: May 24, 2022| 19:06 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्