काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्र वितरणलाई प्राथमिकता दिने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद् बैठकमा प्रसतुत गरेको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय परिचयपत्र वितरणलाई प्राथमिकतामा राखिने उल्लेख छ।
राष्ट्रिय परिचयपत्रलाई सबै प्रकारका सेवा प्रवाहमा अनिवार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यसैगरी व्यक्तिगत घटना दर्ता प्रणालीलाई विद्युतिय प्रणालीमा आवद्ध गरिने भएको छ।
यसैगरी सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्धार प्रणालीबाट सञ्चालन गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्।