बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट जोड्न ५० प्रतिशत सहुलियत

सामुदायिक विद्यालय र अस्पतालमा इन्टरनेट जोड्न ५० प्रतिशत सहुलियत

आगामी आर्थिक वर्षदेखि सरकारले माध्यमिक तहका सामुदायिक विद्यालय र अस्पतालहरुमा जोडिने इन्टरनेटमा ५० प्रतिशत छुट दिने भएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– आगामी आर्थिक वर्षदेखि सरकारले माध्यमिक तहका सामुदायिक विद्यालय र अस्पतालहरुमा जोडिने इन्टरनेटमा ५० प्रतिशत छुट दिने भएको छ। मंगलबार राष्ट्रियसभा र प्रतिनिधिसभालाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्। 

National life

ग्रामीण दूरसञ्चार कोषको उपयोग गरी यो छुट अर्थात सहुलियत प्रदान गरिने छ। साथै सातै प्रदेशका कम्तीमा सय माध्यमिक विद्यालयमा छानिएका विषयहरुमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरिनेछ। 

त्यसैगरी देशभर उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धिका कार्यक्रमलाई तिव्रताका साथ कार्यन्वयन गर्ने बताइएको छ। योसँगै नेपालको आफ्नै सेटलाइट स्थापना गर्ने प्रक्रिया पनि अगाडि बढाइने भएको छ।

सूचना प्रविधिको सुरक्षित प्रयोगका लागि साइबर सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यक्रमलाई समेत अभियानको रुपमा अगाडि बढाइने भएको छ।


प्रकाशित: May 24, 2022| 17:52 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्