सोमबार, असोज १२, २०८३

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने

सरकारले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने बताएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– सरकारले सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने बताएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने बताएकी हुन्।

सरकारले यसअघि पनि सामाजिक सञ्जाललाई केही नियन्त्रण गर्ने गरी कार्यविधि जारी गरे पनि त्यसलाई पूर्ण रुपमा लागू गर्न सकेको छैन। सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनका रुपमा ठूलो मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई थप नियमन गर्न खोजेको बताइएको छ।

प्रकाशित: May 24, 2022| 17:45 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्