सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक' मनाइने

'नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक' मनाइने

सरकारले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– सरकारले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

मंगलबार संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाली उद्योग नेपालमै रोजगार, आफ्ना उद्योग आफ्नै व्यापार’ भन्ने नाराका साथ ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ प्रारम्भ गरी गरिने जानकारी दिइन्।

सरकारले स्वदेशी उत्पादन तथा उपभोग दशक अभियान पनि चलाउने भएको छ। अभियानका क्रममा कर तथा भन्सार महसुल छुट, निर्यात प्रवर्द्धन, प्रतिस्पर्धी, सीप विकास, व्यावसायिक सहजीकरण, साझा भौतिक पूर्वधार जस्ता काम गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

उत्पादन र उपभोगको दशक घोषणाका लागि निजी क्षेत्रले लविङ गर्दै आइरहेको थियो। केही दिनअघि अर्थशास्त्री डा. स्वर्णीम वाग्लेको पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पनि सो दशक घोषणा गर्न सरकारसँग माग गरेका थिए।

त्यस्तै सोमबार मात्रै सम्पन्न ‘मेड इन नेपाल स्वदेशी समिट २०२२’मा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि नेपाली उत्पादन तथा उपभोगको दशक घोषणा गर्नका लागि आग्रह गरेका थिए।

प्रकाशित: May 24, 2022| 17:39 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्