बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै देशभर आठ सय किमी सडक बनाइने

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै देशभर आठ सय किमी सडक बनाइने

सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै देशभर ८ सय किलोमिटर सडक निर्माण गर्ने घोषणा गरेको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्दै देशभर ८ सय किलोमिटर सडक निर्माण गर्ने घोषणा गरेको छ। 

National life

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रियसभासमक्ष संयुक्त रुपमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने तयारी गरिने उल्लेख छ।

‘कालीगण्डकी, कोशी र कर्णाली कोरिडोर निर्माण कार्यलाई निरन्तरता दिने, हुलाकी राजमार्ग द्रुत रुपमा सम्पन्न गर्ने, हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी सडक निर्माण गरिने छ,’ भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै, नीति तथ कार्यक्रममा सप्तरीको गोविन्द छिन्नमस्तादेशि उदयपुरको गाईघाटसम्मको सडक निर्माणलाई प्राथमिकता दिने योजना रहेको छ। त्यस्तै, तीन तहको साझेदारीमा कालोपत्रे नपुगेका स्थानीय तहको क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सडक सञ्जालसँग आबद्ध गरिने कार्यक्रम पनि उल्लेख छ।

आउँदो आर्थिक वर्षमा ८०० किमी सडक निर्माण गरिने र २९७ सडक स्तरोउन्नति गरिने सरकारी कार्यक्रम रहेको छ।

Shivam cement

त्यस्तै, गल्छी रसुवागढी सडक दुई लेनमा स्तरोन्नति हुने भएको छ। ‘चन्द्रनिगाहापुर गौर सडक चार लेनमा स्तरोन्नति गरिने, भारतको सीमामा जोडिएको सडक विस्तारमा प्राथमिकता दिने र त्यसलाई मुख्य राजमार्गमा जोड्ने,’ भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘त्रिभुवन राजमार्ग र अन्य राजमार्गमा सुरुङ र फ्लाइओभर बनाइने छ। सिद्धबाबा सुरुङ मार्ग सुरु गरिनेछ। दाउन्ने र मझिमटारदेखि शक्तिखोरमा सुरुङमार्ग बनाउने योजना छ।’

सरकारले ३ सय वटा सडक पुलको निर्माण गर्ने योजनालाई प्रदेश सरकारलाई जिम्मा दिने भएको छ। विराटनगरको सुख्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गर्ने तयारी छ भने विरगन्ज काठमाडौं रेल सम्भावना र काठमाडौंमा मेट्रो रेलबारे अध्ययन गरिने छ।

वातावणमैत्री बस परिवहन प्रणालीलाई थप प्रोत्साहन गर्ने सरकारको नीति छ। चालू आर्थिक वर्षको पहिलो १० महिनामा ३२५ किलोमिटर सडक कालोपत्रे गरिएको सरकारले जनाएको छ। यसका साथै १ सय पुल निर्माण गरिएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: May 24, 2022| 17:29 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्