सोमबार, असोज १२, २०८३

कृषिमा आत्मनिर्भर बन्न यस्ता छन् सरकारी कार्यक्रम

सरकारले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने भएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकताका साथ विभिन्न कार्यक्रमहरु अगाडि बढाइने घोषणा गरिएको छ। 

कृषि क्षेत्रको विकास तथा कृषि उत्पादनमा आत्मनिर्भर बन्ने खालका योजनाहरु ल्याइने बताइएको छ। कृषिको विकासका लागि आवश्यक पर्ने वित्त, सिँचाइ, जलविद्युत विद्युत लगायतका क्षेत्रमा अन्तरआवद्धता कायम गरिने बताइएको छ। उन्नत जातको बिउबिजनमा आत्मनिर्भर र वातावरणमैत्री बिउबिजन अनुकूल कायम गरिने भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई सुधार गर्ने, सामूहिक तथा सहकारी खेतीलाई प्रोत्साहन गरिने, धान, गहुँ आलु मकै लगायतका उत्पादनलाई प्राथमिकता दिने, रवर खेति प्रोत्साहन, रासायनिक मल समयमा नै उपलव्ध गराइने, कृषि सूचनाको पहुँच बढाइने, कृषि उपज खरिदको व्यवस्था, पशुपालनमा लघुविमा प्रोत्साहन गर्ने, उखु किसानलाई क्रसिङको व्यवस्था मिलाउने, कृषि भण्डार तथा कृषि मार्ट स्थापनाका लागि प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ। 

कृषि भूमिमा वर्षैभरी सिँचाइ उपलव्ध गराउनका लागि आगामी आर्थिक वर्ष करिब  २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने भनिएको छ। भेरी बबई सिँचाइ आयोजनाको हेटवर्क, चन्द्र नहरको मर्मत सम्भार गरिने, नदीको वैज्ञानिक तटवन्धन गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने भएको छ।

प्रकाशित: May 24, 2022| 17:20 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्