सोमबार, असोज १२, २०८३

'नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार'

सरकारले आगामी आर्थिक वर्षमा ‘नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार’ नाराका साथ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा ‘नेपालमै रोजगार, आफ्नो उत्पादन आफ्नै व्यापार’ नाराका साथ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मंगलबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘नेपालमै रोजगार आफ्नो उत्पादन आफ्नै व्यापार’ नामक नयाँ नारा समावेश भएको छ।

उक्त कार्यक्रममार्फत नेपाली उत्पादनको बजार विस्तार, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको उद्देश्य रहेको राष्ट्रपति भण्डारीले बताएकी छन्।

‘‘नेपालमै रोजगार आफ्नो उत्पादन आफ्नै व्यापार’ भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक सुरु भएको छ,’ भण्डारीले नीति तथा कार्यक्रमको प्रस्तुतिमा भनिन्, ‘यो अभियान प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममार्फत सञ्चालन गरिने छ।’

यससँगै नेपालमा अब नयाँ आर्थिक वर्षदेखि नयाँ कार्यक्रम थपिएको छ। यो कार्यक्रमअन्तर्गत कर भन्सार महशुल छुट हुनेछ भने प्रतिस्पर्धी सीप विकास हुनेछ। निर्यात अनुदानबाट समयवत् रणनीति परिवर्तन गर्ने, साझा भौतिक पूर्वाधार निर्माण र प्रयोग, नवीन प्रविधिमा पहुँच लगायतका कुरा यसमा उल्लेख छन्।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै मेक इन नेपाल र मेड इन नेपाललाई सहयोग गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: May 24, 2022| 17:12 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्