सोमबार, असोज १२, २०८३

विकास खर्च बढाउन छुट्टै नीति लिने घोषणा

मंगलबार दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चालु खर्चलाई नतिजामुखी बनाई पुँजीगत खर्च बढाउनका लागि सरकारले छुट्टै नीतिको व्यवस्था गर्ने उल्लेख गरेकी हुन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष विकास खर्च बढाउन छुट्टै नीति अख्तियार गर्ने भएको छ।

मंगलबार दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चालु खर्चलाई नतिजामुखी बनाई पुँजीगत खर्च बढाउनका लागि सरकारले छुट्टै नीतिको व्यवस्था गर्ने उल्लेख गरेकी हुन्।

पछिल्लो समयमा देशको पुँजीगत खर्च नहुँदा त्यसको असर तरलतामा पनि परेको र विकासले गति लिन नसकेको टिप्पणी हुँदै आएको छ। 

पुँजीगत खर्च बढ्दा अर्थतन्त्रलाई चलायमान हुन्छ। पुँजीगत खर्च बढ्न नसकेपछि सरकारी ढुकुटीमा रकम ब्लक भएर बस्दा अर्थतन्त्रमा तरलता अभाव भएको र त्यसको असर सर्वत्र हुँदा समग्र आर्थिक विकासमा नै धक्का पुग्दै आएको अर्थशास्त्रीहरुको भनाइ छ। 

त्यस्तै राष्ट्रपति भण्डारीले सार्वजनिक खरिद सम्बन्धी कानुनमा संरचनात्मक सुधार गरिने पनि घोषणा गरिन्। 

प्रकाशित: May 24, 2022| 17:03 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्