काठमाडौं– नेपालको क्रेडिट रेटिङ हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा देशको क्रेडिट रेटिङ हुने भएको बताएकी हुन्।
नेपालको क्रेडिट रेटिङ नभएकोले ठूलो वैदेशिक लगानी नेपाल नभित्रिएको अर्थविद्हरुले भन्दै आइरहेका छन्।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको क्रेडिट रेटिङ नभएकोले ठूलो वैदेशिक लगानी नेपालमा नभित्रिएको दावी गरेका थिए। त्यस्तै बैंकरहरुले पनि नेपालको सोभरिजेन्ट रेटिङ नहुँदा लगानी ल्याउनका लागि कठिन भएको बताएका थिए।
क्रेडिट रेटिङपछि नेपालमा ठूलो मात्रामा वैदेशिक लगानी आउने अपेक्षा गरेको छ। जसले गर्दा हाल भइरहेको बाह्य क्षेत्रको चाप कम हुने सरकारको विश्वास छ।