काठमाडौं– सरकारले आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाहरुलाई बजेट नदिने भएको छ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाहरुलाई बजेट नछुट्याइने बताएकी हुन्।
बजेट बनाउने क्रममा सम्बन्धित सम्पूर्ण निकायले राष्ट्रिय योजना आयोगको आयोजना बैंकमा कार्यक्रम तथा आयोजनाहरु प्रविष्ट गराइसक्नुपर्छ। उच्च तहको नेताले भनेको आधारमा आयोजना बैंकमा नभएका आयोजनाहरुमा पनि बजेट छुट्याउने प्रचलन थियो। जसका कारण बजेटको प्रणाली भन्दा बाहिर रहेर विभिन्न आयोजनाहरु नेताको खल्तीबाट झिकिने प्रबृत्ति हावी रहने गरेको थियो। यो व्यवस्थाले बजेटको प्रणालीलाई थप सशक्त बनाएको छ।