सोमबार, असोज १२, २०८३

१० महिनामा ६३८ मेगावाट विद्युत उत्पादन

चालू आर्थिक वर्षको १० महिनामा देशभर ६३५ मेगावाट विद्युत थपिएको छ।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको १० महिनामा देशभर ६३५ मेगावाट विद्युत थपिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो जानकारी दिएकी हुन्।

त्यसैगरी १२ हजार ६ सय हेक्टरमा सिँचाइ सुविधा पुगेको, क्षतिग्रस्त मेलम्चीको पुनर्निर्माण भएको र थप ५० हजार परिवारमा खानेपानी सुविधा पुगेको उनले  उल्लेख गरिन्।

त्यस्तै, सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उनले बताएकी छन्। आर्थिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने कुरामा सरकारको नीति तथा कार्यक्रम लक्षित हुने राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन्।

प्रकाशित: May 24, 2022| 16:32 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्